नर्भिक पुगेर सभामुखले भेटे तुलाधरलाई

रिपोर्ट नेपाल | 2018 Oct 31 | 04:41 pm 2634

काठमाडौं, कार्तिक १४ :  सभामुख कृष्णबहादुर महराले नर्भिक अस्पतालमा उपचाररत मानवअधिकारकर्मी पध्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

आज बुधबार बिहान साढे ११ बजे नर्भिक अस्पताल पुगेर सभामुख महराले तुलाधरको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिएका हुन ।
अस्पताल पुगेका सभामुख महरालाई तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा डाक्टरहरुले जानकारी गराएका थिए ।

सो अवसरमा सभामुख महराले अस्पताल तथा डाक्टरहरुलाई तुलाधरको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै तुलाधरको स्वास्थ्य लाभको कामना गरेका थिए ।

अन्नपूर्ण न्यूरो अस्पतालबाट हिजो बेलुकी रिफर गरेर तुलाधरलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको हो ।
नर्भिक अस्पतालका डाक्टरहरु आर.के. अग्रवाल र राजीव झालगायतको टीमले उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.