नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन डा. केसीको माग

| 2021 Feb 26 | 06:20 pm 2813

काठमाडौं फागुन १४: लामो समय देखि चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका अभियन्ता डाक्टर गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू)को सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धनको विषयले प्रवेश पाएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

चिकित्सा शिक्षा ऐनमा नै एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था रहेको स्मरण गराउँदै डा. केसीले केयूको सिनेट बैठकमा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने विषय उठेकोप्रति विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएका हुन् ।

“चिकित्सा शिक्षा ऐनमा प्रष्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको छ। काठमाडौं विश्वविद्यालय अन्तर्गत् झण्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा रहेको केसी द्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।

धेरैले मेडिकल शिक्षाको गुणस्तर लत्याउँदै व्यापारमा मात्र ध्यान दिएकाले गुणस्तर कायम गर्नका लागि त्यस्ता केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने विषय अस अगाडिका सिनेट बैठकमा समेत उठेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.