काठमाडौं, भदौ १: नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावर बनाएको विरोधमा राजधानीमा एक युवाले नाङ्गै प्रदर्शन गरेका छन्।
अनामनगरस्थित हनुमानथान अगाडी नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदर माग गर्दै झापा भद्रपुरका जीतिन लिम्बुले अस्लिलता प्रदर्शन गरेका हुन्। लिम्बुले ‘जनावर सबै एक हुन्, कानुन सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’, लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
नाङ्गै सडकमा उत्रेका लिम्बुले सामाजिक मर्यादामा खलल पुग्ने गरी नग्न भइ अस्लिलता प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ परेका लिम्बुलाई सामाजिक मर्यादामा आँच पुर्याएकोले मुद्धा चलाइने महानगरिय प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक काजी कुमार आचार्यले बताए ।