नयाँ मन्त्रीहरुको सपथ ग्रहण आज

| 2019 Nov 21 | 09:02 am 1898

काठमाडौं, मंसिर ५: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गरेपछि बिहीबार नयाँ मन्त्रीहरुको सपथ ग्रहण हुँदैछ ।

बुधबार नियुक्ति पाएका ९ जना मन्त्री तथा राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण आज हुने भएको हो । बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरुले शपथग्रहण गर्ने बुझिएको छ ।

राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार ६ जना मन्त्रीले राष्ट्रपतिबाट र ३ जना राज्यमन्त्रीले प्रधानमन्त्रीबाट शपथ ग्रहण गर्नेछन् । बुधबार नियुक्ति पाएका मन्त्रीहरुमा घनश्याम भुसाल (कृषि तथा पशुपन्छी विकास), रामेश्वर राय यादव (श्रम रोजगार तथा सामाजिक सुरक्षा), हृदयेश त्रिपाठी (संघीय मामिला तथा सामान्य प्रशासन), लेखराज भट्ट (उद्योग वाणिज्य तथा आपूर्ति), पार्वत गुरुङ (महिला बालबालिका तथा ज्येष्ठ नागरिक), बसन्तकुमार नेम्वाङ (भैतिक पूर्वाधार तथा यातायात) रहेका छन् भने राज्यमन्त्रीहरुमा रामवीर मानन्धर, मोतिलाल दुगड, नवराज रावत रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.