नयाँ बर्षको अवसरमा इस्मा गाउँपालिकामा वृहत सरसफाई

रिपोर्ट नेपाल | 2021 Apr 15 | 09:13 am 4973

  • सन्तोष महतारा

गुल्मी, बैशाख २ः गुल्मीको इस्मा गाउँपालिकामा नयाँ वर्षको अवसरमा “सफा गाउँ, हाम्रो अधिकार, हाम्रो कर्तव्य” भन्ने मुल नाराका वृहत सरसफाई कार्यक्रम गरी मनाइएको छ । गाउँपालीकाका सम्पुर्ण वडाहरुमा वृहत सरसफाई अभियानका साथ नयाँ बर्ष मानाइएको नव प्रभात युवा संघले जनाएको छ ।

पछिल्लो समय आगलागी, प्लस्टिकको उच्चतम प्रयोग लगाएत अन्य विभिन्न कारणले वातवरण प्रदुषीत भएको विषयलाई ध्यानमा राख्दै अभियान सञ्चालन गरिएको होे । इस्मा गाउँपालिकालाई सफा र स्वच्छ बानाउने उद्देश्यका साथ यो अभियान सामुदायिक बिकासका लागि बाख्रा उद्यम परियोजना अन्तरगत वडा नं. १, २, ३ र ४ मा गठित ८० मुल तथा उपहार समुहले संयुक्त रुपमा आयोजना गरी इस्मा गाउँपालिका र नव प्रभात युवा संघद्घारा सहजिकरण गरिएको हो ।

मुल तथा उपहार समुहको संयोजकत्वमा २०७७ चैत्र ३१ गते स्व सरसफाई र नव वर्षको पहिलो दिन गाउँपालिका स्तरिय वृहत सरसफाई अभियान गरिएको हो । चैत्र ३१ मा भएको स्व सरसफाईमा इस्मा गाउँकार्यपालिकाको कार्यालय अन्तरगत रहेका सम्पुर्ण सरकारी तथा गैर सरकारी कार्यलय, पसल, होटल, समुदाय तथा सम्पुर्ण जनमानसमा इस्मा गाउँकार्यपालिकाको कार्यालयको तर्फ बाट जानकारी गराई सरसफाईका लागि आब्हान गरिएको थियो । जसमा व्यतिmले आफू, आफ्नो कार्यकक्ष, घर आगन, होटल, पसल सरसफाई गरी, फोहर व्यवस्थापन (डस्ट बिन स्थापना, नकुहिने फोहोरका लागि खाडल निमाण जस्ता कार्यहरु) गरिने छ ।

इस्मा गाउँपालिकालाई सफा र सुन्दर बनाउने अभियानमा कार्यपालिका प्रमुख उप–प्रमुखसंगै सम्पुर्ण जनप्रतिनिधिहरुको संलग्नता रहने भएकाले अभियान निकै प्रभावकारी हुने स्थानियले अांकलन गरेका छन ।

नव वर्षको पहिलो दिन अर्थात वैशाख १ मा सम्पुर्ण जनसमुदाय मिली टोल (विद्यालय, अस्पताल, प्रतिक्षालय) तथा आफ्नो वरपर सरसफाई, फोहर व्यवस्थापन (डस्ट बिन स्थापना, नकुहिने फोहोरका लागि खाडल निमाण जस्ता कार्यहरु) भयो । यो कार्यले गाउँ बसीमा सामाजिक सद्घभाव, मेलमिलाप, सामाजिक उत्तरदाइत्व, सहयोगको भावना जस्ता सकरात्मक पक्षहरुको उजागर गरेको छ ।

यस बर्ष बिगत भन्दा फरक तथा पृथक अन्दाजमा नयाँ सालको स्वागतका लागि यो समय सरसफाइ र प्रकृतिसंग बिताएको समुह सदस्य हुमकला जिसिले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.