नयाँदिल्लीमा भड्किएको हिंसाका कारण ज्यान गुमाउनेको संख्या २७ पुग्यो

रिपोर्ट नेपाल | 2020 Feb 27 | 08:58 am 1951

एजेन्सीः फागुन १५: केही दिनदेखि नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

उक्त हिंसामा कम्तीमा एक २ सय ५० जना भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुकोको नयाँदिल्लीका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते मध्ये धेरैजसोलाई गोली लागेको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारी लाठी र बन्दुकसहित सडकमा आएपछि हिंसा भड्किएको हो । प्रदर्शन आइतबारदेखि जारी छ । प्रदर्शनकारीले लुटपाट, आगजनी र तोडफोड समेत गरेका छन् । खासगरी मुस्लिम बाहुल्य नयाँदिल्लीको उत्तरी–पूर्वी क्षेत्र हिंसाबाट बढी प्रभावित भएको जनाइएको छ ।

थप हिंसा भड्किन नदिन ठाउँ–ठाउँमा कर्फ्यु आदेश जारी गरिएको छ । प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको निवास बाहिर एकीकृत भिड बल प्रयोग गरी तितरबितर पारेको थियो ।

हिंसा भड्किएका कारण नयाँदिल्लीमा परीक्षा रद्द गरिएको छ । सिबिआई बोर्डले हिंसा प्रभावित क्षेत्रमा बुधबार हुने कक्षा १० र १२ को परीक्षा रद्द गरेको हो । छात्र, अभिभावक तथा शिक्षकलाई अप्ठेरो नहोस् भनेर बुधबारको परीक्षा रद्द गरिएको हो, बोर्डले सूचित गरेको छ । बोर्डले परीक्षाको अर्को मिति चाँडै तय गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.