नम्बर प्लेट स्पष्ट नराख्ने ४ सय ४६ सवारी साधन कारबाहीमा

| 2022 Oct 15 | 08:23 pm 1465

काठमाडाैं, असाेज २९ः आज गरिएको विशेष चेकिङको क्रममा काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानबाट ट्राफिक नियम उल्घन गर्ने १ हजार ४ सय ७ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

नम्बर प्लेट स्पष्ट नभएका ४ सय ४६ जना, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जना, तिब्रगतीमा सवारी चलाउने १५५ जना, अनावश्यक हर्न बजाउँने ५ जना र ठुलो आवाज निकाल्ने २ ओटा मोटरसाइकलका चालक कारबाहीमा परेका हुन । त्यस्तै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्घन गर्ने ७ सय ८८ जना चालक पनि कारवाहीमा परेका छन् ।

स्पष्ट रुपमा नम्बरहरु नदेखिने र मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने सवारी साधनको चेकजाँच अभियानलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हिजोदेखी तिब्रता दिएको हो ।

नम्बर प्लेट स्पष्ट नराखी सवारी साधन चलाउदा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसारको कसूर हुनुको साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने भएकाले स्पष्ट रुपमा
देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी राख्नुहुन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले अनुरोध गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.