धनुषा, मंसिर ६: गएराति मिथिला नगरपालिका–१० लालगढमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएको छ ।
स्थानीय पुर्ण बहादुर श्रेष्ठकी २० वर्षीया छोरी दिपा श्रेष्ठ रहेको प्रहरीले जानकारी दिए । उक्त घटना बिहीबार राति करिब ९ बजेको समयमा भएको बुझिएको छ ।
पैदल हिडीरहेकी दिपालाई नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताए ।
दुर्घटना गराउने सवारी साधन सहित चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाए।