-
शंकर रिखाम मगर
मुर्कुची,उदयपुर, फागुन ११ः उदयपुरको नमुना माध्यामिक विद्यालय मुर्कुची रौतामाई ७ को ६०औं वार्षिक उत्सव तथा १८औं अभिभावक दिवस विद्यालयकै आयोजनामा सम्पन्न भएको छ ।

वार्षिक उत्सव तथा अभिभावक दिवसमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष फुलकुमारी आले मगरको सभापतित्वमा सन्चालन गरिएको थियो भने प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य माननीय नारायण वुर्जा मगर रहेका थिए । विशेष अतिथिमा त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष तथा त्रियुगा नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक मानवहादुर राई रहेका थिए । उक्त वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि तथा विशेष अतिथिहरुले उद्घाटन गरेका थिए ।

कार्यक्रममा अतिथिहरुलाई विद्यालयका प्राचर्य खड्गवहादुर थापा मगरले सम्पूर्ण अमन्त्रीत अभिभावक, अतिथि तथा सम्पूर्ण उपस्थितिहरुलाई स्वागतको क्रममा विद्यालयले सहयोग दिन सक्दैन तर लिन सक्छ, किनकी विद्यालयले बालबालिकाहरुलाई ज्ञान दिने मन्दिर भएकोले मात्र ज्ञान दिन सक्छू भन्दै स्वागत गरेका थिए ।

वार्षिक उत्सव तथा अभिभावक दिवसमा विद्यालयका शिक्षक मिनवहादुर मगर, पूर्व शिक्षक हाल नमूना मावि खाटडाडा भलायाडाडाका प्राचार्य देविवहादुर राई, विद्यालयका संस्थापक भुपध्वज खड्का, विद्यालयका संस्थापक नरेन्द्रवहादुर राना, त्रिशक्ती सामुदायिक वनका अध्यक्ष राजन कटुवाल, विद्यालयका पूर्व विद्यार्थी तथा स्काउट समूहका नेतृत्वगर्ने साथै लगनशिल र उत्कृष्ट छात्रा सृष्टी दाहाल गरी जम्मा ६ जना अभिनन्दित भएका थिए भने अभिनन्दित भएका दाहाललाई नगद ३ हजार रुपैयाँ पुरस्कार स्वरुप विद्यालयले प्रदान गरेको थियो ।

उक्त उत्सव तथा दिवसमा भौतिक तर्फको प्रतिवेदन शिक्षक प्रकाश कोइरालाले प्रस्तुत गरेका थिए भने शैक्षिक प्रतिवेदन शिक्षक राजेन्द्र पौडेलले प्रस्तुत गरेका थिए । प्रस्तुतिको क्रममा उदयपुरगढी गाउँपालिका ७ र ८ वडावाट त्रियुगा नगरपालिकाका ७ र १६ वडावाट र रौतामाई गाउँपालिका गरी तीन पालिकाबाट अध्ययन गर्ने विद्यार्थीहरु पढ्नको लागि आउने गरेको प्रतिवेदनमा प्रस्तुत गर्दै हाल ८ सय १५ जना विद्यार्थी पठन पाठनमा रहेको प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।

त्यसैगरी आर्थिक तर्फको प्रतिवेदन लेखापाल विदुरवहादुर खत्रीले प्रस्तुत गरेका थिए । प्रस्तुत गर्ने क्रममा आ.व.२०७७ र ०७८ असार मसान्त सम्मको आम्दानी १ करोड ७८ लाख ३ सय १ रुपैयाँ ५४ पैसा रहेको थियो भने १ करोड ४३ लाख ३२ हजार ६ सय ३७ रुपैयाँ ३४ पैसा खर्च भइ ३४ लाख ६७ हजार ६ सय ६४ रुपैयाँ २० पैसा लागानी सहित वचत तर्फ रहेको प्रतिवेदमा प्रस्तुत गरेका थिए । हाल २०७८ माघ महिना सम्मको आम्दानी तर्फ १ करोड ३३ लाख ३७ हजार ५ सय ९९ रुपैयाँ १२ पैसा रहेको थियो भने खर्च तर्फ ९२ लाख ९२ हजार २ सय ७४ रुपैयाँ १२ पैसा भएको प्रस्तुती गर्दै बैंक मौज्दात २७ लाख ९५ हजार ३ सय २५ रुपैयाँ र शिक्षक कर्मचारी तर्फ १२ लाख ५० हजार ॠण लगानिमा रहेको गरी हाल मौज्दात जम्मा ४० लाख ४५ हजार ३ सय २५ रकम रहेको लेखापाल खत्रीले प्रतिवेनमा प्रस्तुत गरेका थिए ।

वार्षिक उत्सव तथा अभिभावक दिवसमा प्रमुख अतिथी माननीय नारयण वुर्जा मगरले नमूना विद्यालय अगाडिनै घोषणा हुनु पर्ने तर पछि भएको रहेछ मन्तव्यको क्रममा बोल्दै विद्यालयलाई थप सहयोग, योगदान र योजनाहरु ल्याउनु परेमा विद्यालयसंग सुनसुकै अवस्थामा पनि हातेमालो गर्ने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा विशेष अतिथी मानवहादुर राईले यो विद्यालयले जस्तै नमुनाको रुपमा शिक्षा क्षेत्रमा सुधारगर्दै अरु विद्यालयले पनि शिक्षा क्षेत्रमा सुधार गर्दै लाने हो भने नेपालकै मुहार फेर्न सक्ने बिस्वास लिएको बताए । कार्यक्रम समापन अध्यक्ष फुलकुमारी आले मगरले गरेका थिए ।
