नदीले बगाएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

| 2021 Jun 24 | 10:09 pm 3757

कञ्चनपुर, असार १०ः जिल्लाको पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित मोहना नदिले बगाएको एक जनालाई सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने १६ वर्षीय पिरु बि.क. नुहाउने क्रममा उक्त नदिले बगाएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले उनको सकुशल उद्वार गरेको हो ।

सशस्त्र प्रहरीले उद्वार पश्चात निज बि.क.लाई आफन्तको जिम्मा लगाई पठाएको छ ।

यसैगरी सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ९ जुरेस्थित अरनिको राजमार्गमा आएको लेदो माटोसहितको पहिरोले पुरिएको दुई वटा मोटरसाईकल सशस्त्र प्रहरीले उद्वार गरेको छ ।

लामोसाँघुबाट बाह्रविसेतर्फ जाँदै गरेको दुई वटा मोटरसाईकल सो पहिरोले पुरिएको भन्ने खबर पाउनासाथै खोजी तथा उद्वारको कार्यका लागि सशस्त्र प्रहरील बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सशस्त्र प्रहरीले उक्त दुई वटै मोटरसाईकल उद्वार गरेको हो ।

सुनको वालासहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
सिरहा जिल्लाको गोलबजार नगरपालिका ४ स्थित शिवचोकबाट सशस्त्र प्रहरीले करीव १६ लाख रुपैयाँ बराबरको ४ वटा सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको लक्ष्मीपुर बस्ने १९ वर्षीय साउद्दीन खान र १९ वर्षीय दिवस कुमार मण्डल रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा करीव दुई सय ग्रामको उक्त चार वटा सुनको वाला फेला परेको हो ।

पक्राउ परेकाहरलाई बरामद सुनको वालासहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।

लागूऔषधसहित एक पक्राउ
मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाँस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतमा घर बताउने १८ वर्षीय करन कामतलाई पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाँबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा ब्राउन सुगर ३ ग्राम ४ मिलिग्राम, डाईलेक्स डिसी ५ सय एमएल र नाईट्रोभेट ट्याब्लेट २ पत्ता फेला पारेको हो ।

पक्राउ परेका कामतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सोही जिल्लाको जहदा गाउँपालिका १ स्थित भुटाहाचोकबाट सशस्त्र प्रहरीले करीव १ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका २ बस्ने ३७ बर्षीय गंगा प्रसाद राजवंशी रहेका छन् ।

को ३८ ३८ प ४७२ नम्बरको मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा पोष्ट भुटाहाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेको हो ।

पक्राउ परेका राजवंशीलाई बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको नेपाल प्रहरीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.