नदीमा बेपत्ता तीनै जनाकाे शव फेला

| 2019 Sep 03 | 02:57 pm 1784

कपिलवस्तु, भदाै १७: कपिलवस्तुको शुद्धोधन गाउपालिका-६ बेलभरिया नजिकको नदीमा नुहाउँदा साेमबार बेपत्ता भएका तीनैजनाको शव फेला परेको छ।

तीजको दिन बेतिनदीमा नुहाउन पस्दा बेपत्ता भएका उनीहरूको शव मंगलबार फेला परेको हो । उनीहरूकाे खोजीकार्य सोमबारदेखि नै  गरिरहँदा मंगलबार बिहान बेचनप्रसाद कहारकी १५ वर्षीया छोरी तारा कहारको शव भेटिएकाे थियाे ।

त्यस्तै मंगलबार दिउँसो घनश्याम रैदासकी-८ वर्षीया छोरी खुस्वु रैदास र कमलेस कोहारकी २५ वर्षीया पत्नी तारामति कोहारको शव पनि फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

उक्त शव शुद्धोधन गाँउपालिका-६, मनखोरीयामा भेटिएकाे हाे। नुहाउन खोलामा पसेका ५ जनामध्ये ३ जना डुबेका थिए। खाेलामा बेपत्ता भएपछि खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.