कैलाली, वैशाख २८: शनिबार लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ९ का ११ वर्षीय सुदिप चौधरी र ११ वर्षीय समिर चौधरी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डिएसपी दक्षबहादुर बस्नेतका अनुसार उनीहरुको डुबेर मृत्यु भइसकेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जानकारी दिए ।