नदिजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन तथा अवैध सामाग्री नियन्त्रण

| 2020 Nov 10 | 03:30 pm 2951

तनहुँ, कात्तिक २५ः मंगलबार विहान तनहुँ शुक्लागण्डकी नगरपालिका ८ नदि किनारबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् एवं लोड गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलचौतराबाट डियूटीमा खटिएका प्रहरी टोलीले तीन वटा ट्याक्टरहरुलाई फेला पारी नियन्त्रणमा लिएको छ ।

प्रहरीले ग १ त २५९०, ग १ त ४१५८ र को २ त ६२९१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि शुक्लागण्डकी नगरपालिकाको कार्यालय तनहुँमा पठाइएको जनाएको छ ।

त्यस्तै अवैध हात हतियारसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका २ बन्दिछाप सिमलबोटका ६० वर्षीय टुक वहादुर थापा रहेका छन् ।

उनले अवैध रुपमा हातहतियार साथमा लिई हिंडी रहेको भन्ने गोप्य सुचनाको आधारमा मिति २०७७ कात्तिक २४ गते प्रहरी चौकि किहुबाट खटिएको मोटरसाईकल गस्तिको प्रहरी टोलिले भरुवा बन्दुक हातमा लिई हिडँडुल गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उक्त भरुवा बन्दुक सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार तनहुँ शुक्लागण्डकी नगरपालिका २ हलेदीबाट लागूऔषध कारोवार गरी रहेका छन भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट गएको प्रहरी टोलिले शुक्लागण्डकी नगरपालिका २ शेराका ३० वर्षीय मनोज क्षेत्री, जिल्ला गोरखा साबिक आरूपोखरीथोक गाविस ४ स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका ५ बस्ने ३० वर्षीय रबि गुरूङ, तनहुँ व्यास नगरपालिका ४ दमौलीका २१ वर्षीय सन्तोष गुरूङलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट डाईजेपाम,नुर्फिन, फेनेरागन गरी जम्मा २ सय ८६ वटा एम्पुल लागूऔषध फेला पारी थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

त्यस्तै अबैध काठ पनि प्रहरीले बरामद गरेको छ । तनहुँ व्यास नगरपालिका १० डिगाउँबाट गोप्य सुचनाको आधारमा लक्ष्मी परियारको घरमा ३० वर्षीय मनोज सुनारले अबैध रूपमा शिशौको काठ राखेको सुचना आधारमा प्रहरी टोली खटी गई लक्ष्मी परियारको घर गोठ खानतलासी गर्दा, अबैध रूपमा राखिएको शिशौको एघार थान चिरूवा फेन्टा १९.०४ क्युफिट काठ बरामद गरी डिभिजन वन कार्यालय दमौली तनहुँमा बुझाएको तनहुँ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.