काठमाडाैं, असोज २४ । नेपाली कांग्रेस गुल्मीका सभापति एवं रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई रेसुङ्गा तपोभूमीको दर्शन गर्न निमन्त्रणा गरेका छन् ।
प्रमुख पन्थीले मन्त्री परिषद्को कार्यालय सिंहदरबार पुगेर रेसुङ्गा पर्वतको ऐतिहासिकता र अयोध्यासँगको सम्बन्धको विषयमा मुख्य सचिव अर्याललाई जानकारी गरएका थिए । रेसुङ्गाको महिमा र महत्वको विषयमा चाखपूर्ण सुनेका अर्याल भ्रमणका विषयमा सकरात्मक बनेका थिए । जाउ हिड रेसुङ्गा भन्ने मुल नारा बनाएको नगरपालिकाले त्यही नारा अनुरुप प्रमुख पन्थीले मुख्य सचिव अर्याल समक्ष आगामी भ्रमण कार्यक्रम राख्दा रेसुङ्गा भ्रमण गर्ने गरी समावेश गरिदिन समेत आग्रह गरेका थिए ।