नगरपालिकाले नयाँ सडक ट्रयाक नखोल्ने

रिपोर्ट नेपाल | 2022 Dec 09 | 07:54 am 1793

लमजुङ, मंसिर २३ः लमजुङको राइनास नगरपालिकाले चालु आर्थिक वर्षदेखि नयाँ सडक ट्रयाक नखोल्ने जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सडक योजना अन्तर्गत बजेट विनियोजन गरे पनि नयाँ सडक ट्रयाक खोल्ने कार्यक्रम नरहेको जनाएको हो ।

नगरपालिका अन्तर्गतका प्रायः गाउँ बस्तीमा सडक ट्रयाक पुगिसकेको भन्दै नयाँ ट्रयाक खोल्ने कार्यक्रम नरहेको नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए ।

यसअघि खोलिएका सडक जीर्ण अवस्थामा रहेकोले ती सडकमा बाह्रै महिना यातायात सुचारु हुनेगरी स्तरोन्नति गर्ने नगर प्रमुख गुरुङको भनाइ छ ।

जीर्ण सडक मर्मतमा वर्षेनि लाखौं खर्च गरे पनि प्रत्येक वर्षाको समयमा पुनः सडक भत्किने हुँदा त्यस्ता सडकलाई व्यवस्थित गर्ने तर नयाँ सडक खोल्ने विषयलाई प्राथमिकतामा नराखिएको गुरुङले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.