काठमाडाैं, वैशाख ७ : नख्खु् बमकाण्डका आरोपी सूर्य भुजेल रिहा भए लगत्तै पुनः पक्राउ परेका छन् । न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेपछि रिहा भएका भुजेललाई कलंकीबाट पुनः पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखाले नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो । महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध,विस्फोटक पदार्थ ऐनअन्तर्गतमुद्दा लगाएको थियो ।
ललितपुरको नख्खु स्थित एनसेल कार्यालय अगाडि भएको विस्फोटमा एक जनाको ज्यान समेत गएको थियो भने दुई घाइते भएका थिए। माओवादीले देशका विभिन्न स्थानमा एनसेलका टावरमा विस्फोट तथा आगजनी गरेको थियो।