नक्सा पास गर्न घुस माग्ने इन्जिनियर पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 30 | 03:11 pm 1515

काठमाडौं, पुस १५ :सेवाग्राहीसँग नक्सा पास तथा अभिलेखिकरण गरिदिएबापत घुस माग्ने सुद्धोधन गाउँपालिका रुपन्देहीका ईन्जिनियर कपिल अर्याल र सव–ईन्जिनीयर लक्ष्मण ढुंगानालाई अख्तियारले पक्राउ गरेको छ ।

रुपन्देहीको साविक सौ–फर्साटिकर गा.वि.स हाल शुद्धोधन गाउँपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर अर्याल र सव–इन्जिनियर ढुंगानाले सेवाग्राहीसँग ८० हजार घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

पुरानो भवनको नक्सा पास तथा अभियलेखीकरण गर्ने कार्यको लागि उनीहरुले सेवाग्राहीसँग घुस रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.