नक्कली सुन विक्रि वितरण गर्ने दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 11 | 08:16 pm 2268

काठमाडौं, मंसिर २५ :  काठमाडौं बौद्ध स्तुपाबाट नक्कली सुनलाई सक्कली सुन भनी नगद ६६ हजार रुपैयाँमा विक्रि वितरण गर्न लागेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चाबहिल बस्‍ने सिन्धुपाल्चोक वलेफि घर भएका २३ वर्षीय लालबहादुर लामा र सोही ठाउँ बस्‍ने सिन्धुपाल्चोक मेलम्ची घर भएका २२ वर्षीय राजिव तामाङ रहेको छन् ।

नक्‍कली सुनलाई सक्‍कली सुन भनी बेचबिखन गर्न लागेको भन्‍ने विशेष सूचानाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा विक्रि वितरण गर्न लागेको अवस्थामा १ केजी विस्कुट आकारमा रहेको २ थान सुन जस्तो देखिने नक्‍कली सुन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा उनीहरुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.