नक्कली सुन धितो राखेर कर्जा लिई ठगी गरेको अभियोगमा एक जना पक्राउ

| 2022 Nov 14 | 08:04 pm 1161

कास्की, कात्तिक २८ः विभिन्न मितिमा विभिन्न खालका नक्कली सुनका गहनाहरू धितो राखेर २४ लाख ५ हजार रुपैयाँ कर्जा लिई ठगी गरेको अभियोगमा पर्वत कुश्मा नगरपालिका-३ घर भई पोखरा महानगरपालिका-१८ सराङकोट बस्ने २५ वर्षीय अभिसेक सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनारले राष्ट्रिय वाणिज्य बैंकको पोखरा महानगरपालिका-१७ बिरौटा शाखाबाट १६ लाख ६० हजार रुपैयाँ र सोही महानगरपालिका-८ पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ गरी जम्मा २४ लाख ५ हजार रुपैयाँ कर्जा लिई लामो समयसम्म कर्जाको साँवाव्याज बुझाउन नआएपछि धितोको गहना जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै धितो राखेका उक्त गहनाहरू नक्कली सुनबाट तयार गरिएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ललितपुर, बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत मोतिहारी पताही थाना देवापुर-९ लसनिया घर भई काठमाडौं महानगरपालिका-१२ भोटेवहाल बस्ने २० वर्षीय रेहान शेखलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई ललितपुर जावलाखेलस्थित नमस्ते सुविधा गेष्ट हाउसको अगाडि रोइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले फेला पारी सोधपुछ गर्ने क्रममा शेखले बालिकालाई ललाई फकाई गरी भारत घरमा लैजान्छु भन्दै प्रलोभनमा पारी उक्त सोही गेष्ट हाउसमा जबरजस्ती करणी गरेको खुल्न आएपश्चात उनलाई सोही गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.