नक्कली लाइसेन्स सहित ३ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 06 | 09:11 pm 2203

बारा, भदौ २०: नक्कली लाइसेन्स सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेम मकवानपुर बकैया गापा वडा नं ८ का ३९ वर्षीय राम बहादुर स्याङतान, ३३ वर्षीय गोपाल सिंह भुलुन र बारा सुर्वण गापा वडा नं ५ का ४५ वर्षीय गगनदेव साह रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी टोलीले जिल्ला बारा कलैया उमनपा वडा नं १ स्थित सडकमा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट नक्कली सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड ४ थान, पुरानो सवारी चालक अनुमति पत्र १ थान र ८ लाख २५ हजार बराबरको राम बहादुर स्याङतानको नाममा काटिएको विभिन्न बैंकको चेक थान ४ सहित बरामद गरिएको छ।

उनीहरुमाथि सरकारी छाप दस्तखत किर्ते मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट हिरासतमा राख्न ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.