काठमाडाैं, जेठ ४ः नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान क्रममा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको छ। बिहिबार मियालाई काठमाडौंबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले बताएको छ।
नक्कली भुटानी प्रकरणमा सरकारी गाडी प्रयोग भएको खुलेको थियो। गृह मन्त्रालय अन्तर्गत हज समितिको उक्त गाडी पीडितलाई अन्तवार्ता लिने नाममा प्रयोगमा ल्याइएको थियो। प्रकरणमा संलग्न गिरोहले सो अन्तर्वार्ता गृह मन्त्रालयले लिएको देखाउन सरकारी नम्बर प्लेट कै गाडी प्रयोग गरेको पाइएको हाे। उक्त गाडी मियाँले नै गिरोहलाई उपलब्ध गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ। साभार नागरिक