नक्कली फेसबुक आइडी बनाई चरित्र हत्या गर्ने ब्यक्ति पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 29 | 07:05 pm 2453

काठमाडाैं, भदाै १२ । सामाजिक संजालको दुरुपयोग गरी फेसबुकमा साथी बनाई चरित्र हत्या गरेको आरोपमा भक्तपुर निवासी २५ वर्षीय सुसन चाैगुठलाई  प्रहरीले पक्राउ गरेको छ ।

उनले सामाजिक संजाल फेसबुकमा केटी साथीहरु बनाई नजिक भई प्रेम जालमा पारी बिभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरुको दुरुपयोग गरी नक्कली फेसबुक आइडी बनाई  फोटो तथा भिडियोहरु सार्वजनिक गरी  चरित्र हत्या गर्ने कार्य गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनलाई विद्युतिय कारोवार ऐन, २०६३ बिपरितको कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले  पक्राउ गरी  विद्युतिय कारोवार ऐन, २०६३  बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो, भोटाहिटी पठाईएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.