काठमाडौं, असोज २९ः प्रहरीको संचारसेट जस्तो देखिने नक्कली सेट बोकी व्यवसायीहरुलाई तर्साउँदै आएका गोबिन्द खड्का सक्कली प्रहरीको फन्दामा परेका छन् ।
महानगरीय अपराध महाशाखबाट खटिएको प्रहरीको टोलीले खड्कालाई बानियाँटारबाट पक्राउ गरेको हो ।
रामेछापा जिल्लाको खाँडदेवी गाउँपालिका ६ घर भई हाल बानियाँटार बस्दै आएका गोबिन्द खड्काले जापान र सिङ्गापुरमा निर्मित दुई थान संचार सेट, नाम लेखिएको प्लेट, सुरक्षा निकायले लगाउने बुट प्रयोग गर्ने गरेका थिए ।
प्रहरीले खड्काको साथबाट बा ७८ प १६२ नम्बरको मोटरसाइकल, सिठ्ठी दुई थान, विभिन्न ब्राण्डका मोबाइल सेट चार समेत बरामद गरिएको छ ।
नक्कली प्रहरी बन्दै हिड्ने खड्कालाई कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परीसर काठमाडौं पठाईको महाशाखाले जनाएको छ ।