सर्लाही, भदाै १८ः नक्कली नोट बनाउने कागजको बण्डलसहित नुवाकोट जिल्लाको साविक ककनी गा.वि.स. ५ स्थायी घर भई हाल काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका
२६ बस्ने ३२ बर्षिय हिरामान लामा पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट गए राति नियन्त्रणमा लिएको हो ।
उनको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्रहरीले फेला पारेको थियो । उनलाई बरामद रुपैयाँ र कागजसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।