नक्कली नोटसहित श्रीमान् श्रीमती पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 18 | 07:52 pm 2164

कास्की, फागुन ६ : पोखरा महानगरपालिका–५ प्रस्याङ डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ३२ वर्षीया नरेश लामा र उनकै श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई नक्कली नोटसहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट नेपाली रूपैयाँ १ हजार दरका १९ थान, ल्यापटप र मोबाईलसहित आज सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

गत माघ २२ गते पोखरा महानगरपालिका–१६ अर्मलाका विभिन्न किराना पसलहरुमा ग.१४ प ३५४ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले १ हजारको नक्कली नोट दिई रिचार्ज कार्ड लगेर फरार रहेका थिए । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.