नक्कली नोटको कारोबार गर्ने दुई जना प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2019 Mar 20 | 11:12 am 1752

काठमाडौं, चैत्र ६ : नक्कली नोटको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दी बखरबोटका ५२ वर्षीय भीमबहादुर मल्ल र ओखलढुंगा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेका छन् ।

काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका प्रहरीले बताए । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा बागबजारस्थित एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।

उनीहरुले एक हजार रुपैयाँ दरका सक्कली नोटलाई रसायन प्रयोग गरी नक्कली नोट बनाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। मल्ल र सुवेदीका साथबाट १२ बण्डल नक्कली नोटजस्तो देखिने कागजको बण्डल सात बट्टा, विभिन्न रसायन, नोट बनाउन प्रयोग गर्ने कैँची बरामद गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.