नक्कली नेपाली रुपैयाँ सहित दुई कारोबारी पक्राउ

| 2023 May 05 | 03:30 pm 2033

पर्सा, बैशाख २२ः नक्कली रुपैयाँ सहित दुईजना कारोबारीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगन्ज १६ स्थित चालिसफिटे सडकखण्डमा पर्सा प्रहरीले करिब पाँच लाख नक्कली नेपाली रुपैयाँ र दुई लाख सक्कली नेपाली रुपैयाँ सहित दुई जना कारोवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

भारतीय नम्बरको स्कारपियो गाडीमा नक्कली नोट कारोबारी बीरगंज प्रवेश गरेको गोप्य सूचनाको आधारमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले सर्लाहीको गौडाता नगरपालिका १२ मधुवनीका ३४ वर्षीय आनन्द वर्दन सिंह र बारा परवानीपुर गाउँपालिका ३ का ३६ वर्षीय ओमप्रकाश साहलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी निर्मल बुढाथोकी दिएको जानकारी अनुसार जाली नोट कारोबारी भारतीय सहरबाट ठुलो परिमाणमा नक्कली नेपाली नोट लिएर वीरगन्जतर्फ आउदै गरेको सुचनाको आधारमा बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय नम्बर प्लेट भएको स्कर्पियो गाडीलाई रोकेर चेकजाँच गर्दा नक्कली नोट बरामद भएको बताए।

नियन्त्रणमा लिएका दुवै जनाको साथबाट एक हजार दरको ४८६ थान नक्कली नेपाली नोट र सक्कली दुर्ई लाख नेपाली नोट बरामद गरेको डिएसपी बुढाथोकीले बताए। पक्राउ परेका दुवै जनालाई मुद्रा सम्बन्धी कसुरमा (नक्कली मुद्रा प्रयोगमा ल्याउन नहुने) जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.