धुलिखेल-पनौती एकीकरण मार्ग पदयात्रा-२०७७ सम्पन्न

रिपोर्ट नेपाल | 2021 Mar 13 | 08:14 pm 2437

काठमाडाैं, फागुन २९ः प्रधान सेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा शनिबार काभ्रेपलान्चोक जिल्लाको धुलिखेलबाट पनौतीसम्म (करिब १० कि.मि.) एकीकरण मार्ग पदयात्रा कार्यक्रम उल्लासपूर्वक सम्पन्न भएको छ ।

No description available.

नेपाली सेनाको पहलमा संचालन भइरहेको एकीकरण मार्ग कार्यक्रम अर्न्तगत नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग तथा कोटहरुको पहिचान‚ संरक्षण‚ सम्बर्धन र प्रवर्द्धन गर्ने तथा नेपालको सैनिक ईतिहासको जगेर्नाका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गरिएको हो ।

No description available.

उक्त कार्यक्रममा काभ्रेपलान्चोक जिल्ला समितिका जिल्ला संयोजक तथा अध्यक्ष उद्धव केसी, उप संयोजक मन्जु गौतम, धुलिखेल नगरपालिकाको मेयर अशोक बेन्जु, पनौती नगरपालिकाको मेयर भिम न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरी कार्यालयका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि लगायत नेपाली सेनाका रथीबृन्द र अधिकृतहरुको सहभागिता रहेको थियो ।

No description available.

उक्त पदमार्गका दौरान धुलिखेल नगरपालिकाको देविस्थानमा पृथ्वी नारायण शाहको सालिक अनावरण भएको थियो भने पनौतीको ऐतिहासिक इन्द्रेशोवर मन्दिर प्राङ्‍गणमा आई कार्यक्रम सम्पन्न भएको थियो ।

समापनको क्रममा पनौती संग्राहलयका राजेन्द्र महाजुले पनौतीको ईतिहासबारे प्रकाश पारेका थिए भने उपरथी बालकृष्ण कार्कीले समापन मन्तव्य राखेका थिए ।

No description available.

उक्त पदमार्गमा पर्ने सर्वसाधारण, उद्योगी व्यवसायी लगायत स्थानीय संघसंस्था एवं सरोकारवालाहरुले देखाएको आत्मीयता, उल्लासपूर्ण सहभागिताले राष्ट्रिय एकता, सैनिक ईतिहास एवं पर्यटन प्रबर्द्धनमा समेत थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.