धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 17 | 09:25 am 1936

सप्तरी, फागुन ५: सप्तरीमा भैरहेको मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका मध्ये दुई जना बेहोस भएपछि मृत्यु भएको छ ।

मृत्यु हुनेमा सम्मेलनमा सहभागी हुन आएका भारत मोतिहारी जिल्लाका हारु रसिद आइतबार साँझ बेहोस भएको र उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै सम्मेलनमा बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

शनिबारदेखि सुरु भएको सम्मेलनमा झण्डै साँढे दुई लाख मानिस सहभागी रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.