चितवन, माघ १५ गए राति पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको बताए । प्रारम्भिक विवरणमा थापाको हत्या भएको जनाइएको भए पनि विस्तृत विवरण आइनसकेको जानकारी दिए ।
घटनाको वास्तविक विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए । घटनाको अनुसन्धानका लागि कुकुरसहित आफूसमेत जाँदै गरेको रेग्मीले बताका छन् ।
घटनास्थलमा रहेकी राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले रातिमा हतियारले घोचेर हत्या गरिएको बताए । घरमा १४ वर्षीय बालकसँगै रहेकी थापाको क्रुरुरतापूर्वक हत्या गरिएको छ । परिवारका अन्य सदस्य घरमा नरहेको बेला घटना भएको हो । सँगै रहेका बालक भने सकुशल छन् ।