धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ

| 2020 Jan 23 | 07:46 pm 1942

दाङ, माघ ९: आफ्नै बुहारीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका ४ रामनगरका ६५ वर्षीय कुलमान कुवर रहेको प्रहरीले जानकारी दिएको छ ।

घरासी विवादको कारण कुलमानले आफ्नै बुहारी २७ वर्षीय बसन्ता कुवरलाईलाई चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी बसन्ताको स्थानीय मेडिकल हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.