धारिलो हतियार प्रहार गरी रुपन्देहीमा आफ्नै आमाबुवाको हत्या

रिपोर्ट नेपाल | 2019 Dec 06 | 06:13 pm 1919

रुपन्देही, मंसिर २०: जिल्लाको ओमसतियामा छोराले आफ्नै आमाबुवाको हत्या गरेका छन् ।

हत्या ओमसतिया गाउँपालिका ४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिए ।

धारिलो हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख, एसपी हेम थापाले बताए ।

प्रारम्भिक अनुसन्धानमा उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ । छोरा गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि थपअनुसन्धान भैरहेको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.