बाँके, जेठ १३: बुधबार कोहलपुर गरपालिका वडा नं १२ चपरगौडीमा धारिलाे हतियार प्रयाेग गरी आफ्नै बाबुले छोराको हत्या गरेका छन्।
राति ९ बजेको समयमा बाबू छोराको बिचमा बिबाद हुदा अन्दाजी ५० वर्षीय बुबा ठाकुर प्रसाद वलीले अन्दाजी १८ बर्षीय छोरा पोषण वलीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।
बाबुले धारिलो हतियार खुर्पाद्वारा गर्धनमा प्रहार गरी गम्भीर चोट लागेका वलीलाई उपचारको लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा पुर्याइए पनि केही समयमा नै अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए।
छोराको हत्या गरेकाे आरोपमा मृतकका बाबुलाई प्रहरीले नियन्त्रणमा लिइसकेका छन्।