धादिङ भू–कम्पः ६ घर पूर्ण क्षतिग्रस्त, आजपनि विवरण सङ्कलनको काम जारी रहने (अपडेट)

| 2023 Oct 23 | 09:33 am 1061

धादिङ, कात्तिक ६ गते।धादिङमा थप ६ वटा घर पूर्णरुपले क्षतिग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले आइतवार साँझसम्म प्राप्त विवरण अनुसार भू–कम्पका कारण ६ वटा घर पूर्ण रुपले क्षतिग्रस्त बनेका छन्। १८ घरगोठमा आंशिक क्षति पुगेको छ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरले आइतवार बिहान गएको भू–कम्पले पुर्याएको क्षतिबारे आजपनि विवरण सङ्कलनको काम जारी रहने नागरिक न्युजलाई बताए।

उनले पूर्णरुपले क्षतिग्रस्त बनेका घरका परिवारलाई राहतका लागि आइतवारै त्रिपाल लगायतका आवश्यक सामग्री पठाइएको पनि जानकारी दिए।

धादिङको ज्वालामुखी गाउँपालिका–५ मा आइतवार बिहान ७ः३९ मा ६ दशमलव १ रेक्टरस्केलको भू–कम्प गएको थियो ।

(नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.