धादिङ प्रहरीद्वारा एक सय साठी किलो चरेस बरामद

रिपोर्ट नेपाल | 2019 Mar 22 | 08:26 am 2719

धादिङ, चैत्र ८ : जिल्ला प्रहरी कार्यालय धादिङले विशेष सुराकीको आधारमा गजुरीबाट ठूलो मात्रामा अवैध लागूऔषध चरेस बरामद गर्न सफल भएको छ ।

भारतीय नम्बरको गाडीमा रहेको चरेस एक सय साठी किलो भन्दामाथि रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालयको कमाण्ड संम्हाल्न आएको छोटो अविधिमै एसपी राजकुमार वैदवारले यस अघि पनि ३ सय ६० किलो र १ सय ५ किलो गरी ४ सय ६५ किलो बरामद गरिसकेका छन् ।

तस्करले पहिला वीरगंज हुँदै भारत लैजाने अहिले रुट चेन्ज गरी सुनौली नाकालाई प्रयोग गर्दै आइरहेको प्रहरीको दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.