धादिङमा बोलेरो दुर्घटना २४ यात्रु घाइते

| 2019 Oct 31 | 11:43 am 2759

धादिङ, कात्तिक १४: धादिङको ताल्तीबाट मलेखु तर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो अनियन्त्रि भई दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएको मलेखु प्रहरीले जनाएको छ ।

घाइते हुनेमा २३ वर्षीय अच्युत सिलवा, भिमराज सिलवाल, नवराज घले, विवश सेढाई, शान्तीमाया तामाङ, सुनिल प्रजा, नरेश कटुवाल, दिनेश तामाङ, सरस्वती रेग्मी, अप्सरा बस्नेत मध्ये ९ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

Image may contain: 3 people, people smiling, outdoor

त्यस्तै मलेखुको स्थानीय मेडिकलमा तीन जनाको सामान्य उपचार भइरहेको छ । घाइते अन्यको गजुरी अस्पतालमा उपचार भइरहेको छ । गजुरी अस्पतालमा उपचार गराइरहेका घाइतेहरुमा दिपक मास्की मगर, वीर बहादुर रुम्बा तामाङ, सुमन तामाङ, सविन सिलवाल, सबिरा मियाँ, सादित मियाँ दिपक तामाङ, विक्रम चेपाङ रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.