काठमाडौं, वैशाख ८ : काठमाडौंबाट चितवनको इच्छाकामना गाउँपालिकाको मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् भने सात जना घाइते भएका छन् ।
प्राप्त समाचार अनुसार धादिङ जिल्लाको रोराङ–३ मा बा ४ ख १४१५ नम्बरको बस दुर्घटना भएको हो । घाइतेको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।