धर्मपुत्री बालिका बलात्कार गरी हत्या गर्ने दोषी दम्पतीलाई जन्मकैद

रिपोर्ट नेपाल | 2019 Jan 16 | 03:09 pm 1850

सुनसरी, माघ २ :  १३ वर्षीया बालिका अनुसा राईको बलात्कारपछि हत्या घटनामा पुर्पक्षका लागि थुनामा रहेका एक दम्पतीलाई जन्मकैदको सजाय सुनाइएको छ । सुनसरी जिल्ला अदालत सोमबार धरान–१६, पुन्यमार्गका बलिमान राई र उनकी श्रीमती पदमकुमारी राईलाई जन्मकैदको सजाय सुनाएको हो ।

दम्पती राईले बालीका अनुसालाई धर्मपुत्री बनाएर राखिएका थिए । बालिका अनुसाको २०७३ फागुन १६ गते बलिमानको घरमै बलात्कारपछि हत्या भएको थियो ।

आर्थिक अवस्था नाजुक भएका धरान–१३ का जीतबहादुर राईले आफ्नी छोरी अनुसालाई पढाउन भन्दै धर्मपुत्री बनाउन दिएका थिए । बलात्कारपछि हत्या गरिएकी अनुसाको छिमेकीलाई समेत थाहा नदिई दाहसंस्कार गर्न लागिएपछि स्थानीयहरुले विष खुवाएर हत्या गरेको आशंका गर्दै घटना सार्वजनिक गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.