काठमाडौं, मंसिर २८ / बारा जिल्लाकाे सिम्राैनगढ नगरपालिकाकाे मुख्य द्धारमा विगत दुई महिनादेखि शान्तिपूर्ण धर्नामा बसेका शिक्षक माथि बुधबार भएको हस्तक्षेप प्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ।
त्यहाँ भएका ३२ बिधालयका १ सय ९० शिक्षकले पारिश्रमिक नपाएको भन्दै धर्नामा बसेका शिक्षकहरू माथि हस्तक्षेप गर्दा प्रहरीको गाेलि लागेर मृत्यु भएको कुरा प्रति कांग्रेसले निन्दा र भ्रत्सना गरेको छ।मुख्य सचिव कृष्ण पाैडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा दिवंगत भएका परिवारलाई क्षतिपूर्तिको माग गर्दै घटनाको निश्पक्ष छानवीन गरि दाेषीलाई कारवाहीकाे माग गरिएको छ।