पश्चिम रुकुम, असार ११ः गत १० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा नबराज बिक सहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका एक प्रतिबादी धरौटी तिर्न नसकेपछि कारागार चलान भएकी छन् । जिल्ला अदालत रुकुमले उनलाई १ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।
जिल्ला अदालतका न्यायधीस बिद्याराज पौडेलको इजलासले बुधबार अबेर यस्तो आदेश जारी गरेका थियो । तर, उक्त धरौटी रकम तिर्न नसकेपछि अन्य २३ प्रतिबादीसँगै उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
उनी रुकुम घटनामा मारिएका जाजरकोटका मृतक नबराज बिककी प्रेमिका भनिएकी किशोरीकी आमा हुन् । उनको नाम कानुन अनुसार अदालतले गोप्य राखेर नाम परिवर्तित ५४ रुकुम पश्चिम ३६ (२) राखेको छ ।
प्रतिबादी डम्बरबहादुर मल्ल सहित २३ अभियुक्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्न बुधबार नै आदेश दिइसकेको छ ।