धरौटी तिर्न नसकेपछि कारागार चलान

| 2020 Dec 31 | 11:33 am 2217

सप्तरी, पुस १६ः धरौटी बुझाउन नसकेपछि बालयौन दुर्व्यवहारका एक आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेका छन् । जिल्ला अदालत सप्तरीको मङ्गलबारको इजलासले आरोपित सुरुङ्गा.नगरपालिका–८ का २८ वर्षीय गुदर रामलाई तीन लाख धरौटी बुझाउनु पर्ने फैसला गरेकाे थियाे ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी द्विवेदीका अनुसार धरौटी बुझाउन नसकेपछि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका छन् ।

आरोपितमाथि १३ वर्षीया बालिकालाई गत वर्ष पुस २६ गते यौन दुर्व्यवहार गरेको आरोप लागेकाे थियाे । विद्यालयबाट फर्किने क्रममा बाटामा एक्लै देखी आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले बताए ।

इलाका प्रहरी कार्यालय कल्याणपुर र जिल्ला प्रहरी कार्यालयले उजूरी दर्ता नगरेको जनाउँदै पीडितकी हजुरआमाले दिएको रिट निवेदनमा उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला प्रहरी कार्यालयका नाममा परमादेश गरेको थियो । परमादेशपछि जिल्ला प्रहरी कार्यालयले गत कात्तिक २७ गते उजूरी दर्ता गरी मङ्सिर २५ गते आरोपितलाई पक्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.