सुनसरी, भदाै २०: बिहीबार मध्यरातमा इटहरीको सुस्मा गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा नेत्र विक्रम नेतृत्वकाे समुह (विप्लव)ले बम प्रहार गरेको छ ।
इटहरी सुस्मा गोदावरी कलेजको गेटमा बम प्रहार भएकको इटहरीले प्रहरीले जनाए । त्यस्तै धरानको दिल्ली पब्लिक स्कुलमा समेत मध्यरातमा बम प्रहार भएको प्रहरीले बताए ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले भने बम पड्काएर चन्दा आतंक मच्चाउँने योजनाको साथ शहरको चलेको स्कुलमा विप्लवले बम हानेको बताए । प्रहरीले केहि दिन अगाडी विप्लवको चन्दा उठाउँने नाईके इटहरीबाट पक्राउ गरे पछि समुहले डर देखाउँन स्कुलहरुमा बम प्रहार गरेको बताए ।
बम प्रहार गर्ने विप्लव समुहलाई केहि दिन भित्रै पक्राउ गर्ने प्रहरीको भनाई छ । चाडवाड नजिकिए सँगै सर्वसाधरण तथा अन्य स्कुलहरुलाई चन्दाको दायरामा ल्याउँन बम राखेर आतंक बनाएको डिएसपी शमाले बताए । प्रहरीले उच्च सुरक्षाको साथ अपराधी खोज्ने काममा लागेको पनि उनले जनाए ।