सुनसरी, मंसिर १६: धरान उपमहानगरपालिकाको वडा नम्बर ७ मा नेकपाका उम्मेदवार १ मतले वडाध्यक्षमा विजयी भएका छन् ।
वडाध्यक्षका नेकपाका उम्मेदवार जीवन राज सुवेदी १ मतको अन्तरले कांग्रेस उम्मेदवारलाई हराउँदै विजयी भएका हुन् ।
सुवेदीले ६ सय २२ मत ल्याउँदा कांग्रेसका सुवर्ण मोहन पालिखेले ६ सय २१ मत ल्याएका हुन् ।