सुनसरी, चैत्र २५ : धनकुटाबाट धरान तर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको यात्रुवाहक बस धरानको जिरोप्वाइन्टमा दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने ५० जना घाइते भएका छन् ।
घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचार भइरहेको प्रहरीले जानकारी दिए । दुर्घटनाको बारेमा विस्तृत विवरण, मृतक र घाइतेहरुको पहिचान हुन भने बाँकी रहेको प्रहरीले जनाएका छन् ।