सुनसरी, जेठ २२ः बिहीबार धरान उप–महानगरपालिका–१५ सिद्धकाली चोकमा रहेको एक घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ।
स्थानीय नर बहादुर श्रेष्ठको घरमा सवा ८ बजे विद्युत सर्ट भएर आगलागी हुँदा ८७ बर्षीया धनमाया श्रेष्ठ र ५८ बर्षीया सिता श्रेष्ठको जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
उक्त आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी र धरान तथा इटहरीबाट गएको दमकलको सहयोगमा पौने १० बजे नियन्त्रणमा लिएकाे तथा अन्य थप अनुसन्धानका साथै मृतकको कानुनी प्रकृया भइरहेको कार्यालयले जानकारी दिएकाे छ।