धरानमा अपराधिक क्रियाकलाप माैलाउँदै

रिपोर्ट नेपाल | 2019 Jun 05 | 09:19 am 2368

सुनसरी, जेठ २२: धरानमा पछिल्लो समय अपराधिक क्रियाकलाप बढ्दै गएकाे छ । केही दिन अघि  विभिन्न किसिमका गोली प्रहार गरी लुटपाट गरेको घटना सेलाउन नपाउँदै मंगलबार साँझ एक युवक माथि छुरा प्रहार भएको छ ।

छुरा प्रहार हुनेमा धरान उपमहानगरपालिका– १० निवासी सन्दिप राई रहेका छन् । उनी माथि अज्ञात समूहले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ साढे ७ बजेको धरानको व्यस्तबजारमा राईमाथि छुरा प्रहार भएको र छुरा प्रहारबाट घाइते राईको छातीमा गहिरो चोट लागेको छ । उनको धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.