धनुषा, जेठ १९ । लामाे समयदेखि छिटफुट रूपमा चाेरीका घटना बढे पछि जनकपुर प्रहरीले चाेरी कार्यमा संलग्नलाइ पक्राउ गर्न सफल भएकाे छ । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मितिमा पक्राउ परेका चोरी घटनामा संलग्न १३ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्ष २०७९र८० मा हालसम्म चोरी घटनामा पक्राउ परेका ५ सय ९ जनामध्ये चोरी घटना मुद्दा र चोरी घटनामा पक्राउ परेपनि अभद्र व्यवहार मुद्दा दर्तामा गरी १ सय ३१ जनालाई कारागार पठाइएको प्रहरीले बताएको छ ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका चोरी आरोपमा पक्राउ परेकाहरु सुनका गरगहना, मोटरसाइकल, साइकल र मोबाइल चोरी घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।