धनुषामा एक बच्चा चोरी

रिपोर्ट नेपाल | 2019 Dec 02 | 11:28 am 1659

धनुषा, मंसिर १६: आइतवार साँझ जिल्लाको सबैला नगरपालिका १० बाट १४ महिने बच्चा चोरी भएको छ।

घरमै सुताईराखेको ठाउँबाट दीपनारायण साहका १४ महिने छोरा गोलु साह चोरिएका हुन्। उक्त बच्चा कसले चोरी गरेको हो, यस विषयमा केही खुल्न सकेका छैन्।

दीपनारायण र उनका आफ्न्तले बच्चा खोज्दै हिडेका छन्। धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले बच्चा हराएको जानकारी प्राप्त भएको जानकारी दिए ।

चोरी भएका बच्चाको खोजी भइरहेको एसपी खनालले बताए । उनले भने, दीपनारयाणकी श्रीमती अर्को केटासँग भागेकी छन्। त्यसैले उनले नै बच्चा लगेको हुनसक्छ।

स्रोत अनुसार दीपनारायणले स्थानीय एक महिलासँग राखेको अनैतिक सम्बन्धबाट बच्चा जन्मेपछि गाउँलेले पालनपोषणका लागि उनको जिम्मा लगाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.