- महेश सिंह महतो
धनुषा, चैत २८ः पुरानो मुल्य मान्यतालाई जगजाहेर गर्न समुदायका युवाहरूको लागि तीन दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ ।
धनुषाको सिदेश्वर नगरपालिकामा सुरु भएको तीन दिने तलिम अभौतिक सांस्कृतिक सम्पदा महासन्धी २००३ सम्बन्धि प्रदेश नम्बर २ का पाँच जिल्लाका युवाहरुलाई महासन्धी २००३ अन्तर्गत समुदायको क्षमता वृद्धि प्रशिक्षण सुरु भएको हो।
युनेस्कोले आयोजना गरेको कार्यक्रममा काठमाडौं शान्ति युनेस्को केन्द्रका कार्यक्रम संयोजक तथा अध्यक्ष प्रदीप श्रेष्ठको अध्यक्षता भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव रहेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री यादवले भने हाम्रो मिथिलाको रिति रिवाजलाई बैज्ञानिक हिसाबले मनाउने गरेका छन् ।मधेसको प्राकृतिक सम्पदाहरुको आफ्नै छुट्टै विशेषता रहेको बताए ।
मिथिला ज्ञानको भणडार हो भन्दै मधेस बाटै गौतम बुद्ध लगायत सयौं बिद्ववानहरुको जन्म भएकोमा गर्भ गरे । हामी सबै मिलेर राष्ट्रको समृद्धिमा सहयोग गर्नु पर्ने बताए।
प्रकृतिक बैज्ञानिक रूपमा मनाई रहेको पर्वहरु हाम्रै समाजमा रहेको छ । तेतिबेला चिकित्सा क्षेत्रमा हाम्रो प्रदेश सबभन्दा अगाडि नै रहने गरेको बताए ।
उक्त प्रदेशलाई सुसासित बिभेद, अन्तर बिभेद जातीय लैगिक बिभेदका कुराहरु अन्त्य गरी समता मुलक समाजको निर्माणमा हामी सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीलाई लाग्नु पर्ने, प्रदेश २ अधिकार र पहिचानको लागि लड्ने देश हो भने हामी बुझेका छौं, मन्त्री यादवले बताए ।
बिशिस्ट अतिथिमा सांस्कृतिक समिति युनेस्कोका निमित्त राष्ट्रिय आयोग संयोजक रमेश रंन्जन झाका अनुसार हाम्रो युवा पुस्ता आ–आफनै अबरोधमा अल्झिएको अवस्था रहेको बताए ।
हाम्रो युवा पुस्ता आफ्नो पौराणिक मुल्य मान्यतालाई बिर्सेर आ–आफै अबरोधमा अल्झिएको बताए। कार्यक्रममा युनेस्कोका निमित्त राष्ट्रिय आयोगको सचिवालय सचिब युवराज पौडेलले स्वागत मन्तब्य राखेका थिए ।
अतिथिहरुमा जसपाका नेता अर्जुन थापाको समेत कार्यक्रममा उपस्थिति रहेको थियो। त्यसैगरी डाक्टर रमित गुप्ता, जितेन्द्र पासवान, हरिबंश किरात, इन्द्रिरा बुढाथोकी लगायतका अतिथिहरुको सहभागिताको थियो ।
कार्यक्रम सहजकर्तामा रमेश रंजन झा, दिपक सरकार, महेश्वर प्रसाद शर्मा, दिपा राई लगायतका प्रशिक्षकहरुको सहजीकरण रहने आयोजकले जानकारी दिए।
प्रदेश २ का सबै जिल्लाबाट एक–एक युवाहरुको सहभागीता रहेको थियो। सहभागीहरुमा महेश कुमार महतो, रिमा राम, सम्झना यादव, सुधीर यादव, रोशन कुमार यादव, पुजा साह, रबिद्र महतो, नेहा साह राजेश महतो, सबिता साह , मोहित खडका, रिता गुप्ता, लिला खडका, रमिता माली, महिला नेतृ अर्चाना झा लगायत ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
अभैतिक सम्पादाहरु बचाउन र नयाँ पुस्तामा गजाहेर गरी पौराणिक मुल्य मान्यता र लोपोन्मुख परम्परालाई बर्करार राखन उक्त कार्यक्रमको आयोजना गरेको थियो ।