कैलाली, साउन ३: धनगढी उपमहानगरपालिका–४ शहीद गेटस्थित निलम होटलमा भएको बम बिष्फोटमा परी घाईते भएका मध्ये एकको मृत्यु भएको छ।
माया मेट्रो अस्पतालमा उपचारका क्रममा घाइते राम सिंहको बिहीबार राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । उनकाे बझाङ स्थायी घर भएका हाल कंचनपुरमा बस्दै आएको बुझिएको छ ।
बिष्फोटबाट राम सिंहको पछाडिको भागमा गम्भीर चोट लागेको थियो । उनले झोला भिरेका थिए । त्यही झोलाभित्र रहेको बम भित्तामा अडेस लगाउदा प्रेसरले पडकिएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।
बिष्फोटमा कम्मर पछाडिको भाग गुमाएका सिंहलाई उपचारका लागि तत्काल बाहिर लैजानु पर्ने भएपनि बाहिर लैजान नसकेपछि उनको मृत्यु भएको हो ।